‘भारत’ छोडेपछि रिसाएका सलमानलाई जवाफ दिंदै प्रियंकाले भनिन्’ तिम्रो फिल्म राम्रो चलोस् , शुभकामना’

  • 824
  •  
  •  
  •  
  •  
    824
    Shares

एजेन्सी , अभिनेत्री प्रियंका चोपडाले सलमान खानलाई जवाफ दिएकी छिन् । चलचित्र ‘भारत’ छोडे पछि सलमानले भावुक संदेश दिंदै भनेका थिए ,’ प्रियंकाले मलाई छोडेर हलिउड हिरोसंग काम गर्न चाहान्छिन् भने मेरो भन्नु केहि छैन’ । अब सलमानलाई केहि भन्नु नभएपनि प्रियंकालाइ भने केहि भन्नु रहेछ । उनले एक ट्विट गर्दै सलमान खानले निर्माण गरेको फिल्म ‘लभरात्री’ लाई शुभकामना दिएकी हुन् ।


उनले फिल्मको ट्रेलर शेयर गर्दै फिल्मको सफलताको शुभकामना दिएकी हुन् । तर उनले सलमान खानको नाम भने लिन चाहिनन् ।
उनले फिल्मका कलाकार आयुष शर्मा र वारिना हुशेनको नाम मेन्सन गर्दै फिल्मलाई शुभकामना दिएकी हुन् । यस फिल्मलाइ सलमान खान फिल्म्सले बनाएको हो । चलचित्र ‘लभरात्री’ यहि अक्टोबर ५ बाट रिलिज हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1