उदयपुरकी जेनीको तौल २५ वर्षमा १४५ किलो, भन्छिन्, मोटोपनकै कारण स्कुलसम्म जान सकिन

  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

उदयपुर, २५ साउन । २५ वर्षकी युवतिको तौल एक सय ४५ किलो ! झट्ट सुन्दा जो कोहीलाई पनि आनौठो लाग्न सक्छ । तर, यो यथार्थ कुरा हो । यस्तो कुनै विदेशमा नभएर नेपालकै उदयपुर जिल्लाकी एक युवतीको तौल अश्वभाविक मोटोपनका कारण करिब साढे एक क्विन्टल पुगेको छ ।

उदयपुरको बेलका नगरपालिका वडानम्बर–४ स्थित सिसुवामा घर भएकी जेनी मगरको तौल बढी भएकाले देनिकी नै प्रभावित भएको छ । उनलाई आफ्नो मोटोपनका कारण हिड्डुल गर्न मात्रै होइन खान, बस्न र सुत्नसमेत सकस हुने गरेको छ ।
उनलाई नुहान र सौचालय जान पनि सहयोगी चाहिने भएकाले दैनिक नित्यकर्म पनि उनका लागि निक्कै कष्ठपूर्ण बनेको छ ।

मोटोपनकै कारण उनी शिक्षाबाटसमेत बञ्चित छिन् । उनलाई पनि अरु जस्तै खेल्न, उफ्रिन, नाच्न, गाउन र साथीहरुसँगै विद्यालय जान रहर छ । तर, यो सबै उनका लागि रहरमै मात्र सिमित भएको छ । उनी भन्छिन्, मलाई पनि पढप्ने मन थियो । तर शरिरले गर्दा स्कुल जानै सक्दिन ।’

जन्मिदा सामान्य अवस्थामा जन्मिएकी जेनी पाँच वर्षको उमेरदेखि अश्वभाविक रुपले मोटाउन सुरु गरेको परिवारको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =