रिभाल्डोको दावी, ‘नेयमार ढिलो चाँडो रियल मड्रिड गएरै छोड्छन्’

  • 351
  •  
  •  
  •  
  •  
    351
    Shares

काठमाडौंः ब्राजिल तथा बार्सिलोनाका लिजेण्ड रिभाल्डोले नेयमार कुनै न कुनै बेला रियल मड्रिड जाने र त्याहीँबाट करियर अन्त्य गर्ने बताएका छन् ।

क्रिस्टियानो रोनाल्डो रियलबाट युभेन्टस गएपछि रोनाल्डोको स्थानमा नेयमार आउने चर्चा थियो । तर, नेयमारले यो सिजन आफु पिएसजी मै बस्ने बताएका थिए । नेयमार गत सिजनमा मात्रै बार्सिलोनाबाट २२२ मिलियन यूरोमा पिएसजी गएका हुन् । रिभाल्डोले भने कुनै पनि बेला नेयमार रियल मड्रिडमा आउने दावी उनले गरेका हुन् ।

‘हालको अवस्थामा नेयमार पीएसजीमा नै बस्छन् तर, मैले सुनेअनुसार ढिलो चाँडो उनी रियल मड्रिड नै जान्छन्,’ रिभाल्डोले भनेका छन् । नेयमार यसै सिजन रियल मड्रिड जाने हल्ला थियो ।

क्रिस्टियानो रोनाल्डो बेचेर नेयमारलाई ल्याउन खोजेको भनेर पनि ब्यापक हल्ला थियो । तर हालको लागि नेयमार पीएसजीमा नै बस्ने भएका छन् । तर, रियलका अध्यक्ष फ्लेरोन्टिनो परेजले २०१९ मा भएपनि क्लबमा अनुबन्ध गरेरै छोड्ने योजना बनाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 42