नायिका स्वेता खड्काले पति स्व.श्रीकृष्णको चौथो वार्षिकीमा यस्तो भावुक कविता लेखिन्ः ‘किन आउँछ आजको यो दिन’

  • 863
  •  
  •  
  •  
  •  
    863
    Shares

काठमाडौँ, २५ साउन । नेपालि चलचित्रका निक्कै लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको चारबर्ष पूरा भएको छ । निमोनिया र क्यान्सरबाट पीडत श्रेष्ठको वि.स.२०७१ साल साउन २४ गते राति नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली नायिकका श्वेता खड्कासँग बिवाह गरेको दुई महिना नबित्दै बिरामी भएपछि उपचारका लागि भारत लगिएको थियो ।

नयिका स्वेता खड्काले आफ्ना श्रीमान अभिनेता स्व.श्रीकृष्ण श्रेष्ठको चौथो वार्षिकको दिनमा भावुक कविताको शैलीमा श्रद्धाञ्जली दिएकी छिन् । हाल आफैले निर्माण गरेका चलचित्र कान्छीको प्रदर्शनका लागि अमेरिका पुगेकी खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना स्व.श्रीमानका लागि लेखेको भावुक कविता यस्तो छः

सम्झँदा’नी मुटु बिझ्छ,आजको यो दिन
परेली यो उसै भिझ्छ, आजको यो दिन

तिलहरीसंगै सारा, खुशी चुँडिएथ्यो
बियोगको बेदनामा मुटु कुँडिएथ्यो
मैले पुज्ने देउताबाट,हाँसो लुटिएथ्यो
जिन्दगीको एउटा साथ,आजै छुट्टिएथ्यो

मेरो कालो अतित बोल्छ ,आजको यो दिन
भतभत्ती मुटु पोल्छ, आजको यो दिन

रोदनमा बिते मेरा ,कैयौ पलहरु
छट्पट्टिमा बिते मेरा, सैयौ पलहरु
लाखौ चोट मुटु भित्र,पालेकी छु मैले
तर पनि आशाको दीप, बालेकी छु मैले
दिक्कलाग्दो गित गाउँछ ,आजको यो दीन
घुमीफीरी किन आउँछ ,आजको यो दीन

अन्त्यमा उले, “चार बर्षको बियोगले सिथिल बनेको यो आत्माबाट पिडाको शब्दबाहेक खुशीका शब्दहरु प्रस्फुटित हुन सकेनन । हजुरमा समर्पित यिनै शब्दहरु मार्फत श्रद्दान्जली अर्पण गर्न चाहन्छु । क्षितिज पारीबाटनै मलाई हेरिराख्नु र मभित्र आँट, साहस र उत्साह प्रदान गरिरहनु है !” भनेर लेखेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 3