ओली र प्रचण्डले चीन भ्रमणमा पठाउने भएपछि पार्टी प्रवक्तामै फर्किन नारायणकाजी श्रेष्ठ राजी

  • 887
  •  
  •  
  •  
  •  
    887
    Shares

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा पठाउने भएपछि नारायणकाजी श्रेष्ठ प्रवक्तामै फर्किन तयार भएका छन् । दुई दिनसम्म चलेको नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले श्रेष्ठलाई प्रवक्ताबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, श्रेष्ठले यस विषयमा आफू पछाडि फर्किन नसक्ने भन्दै अडानमै रहेका थिए ।

स्रोतका अनुसार आगामी १२ देखि १९ सेप्टेम्बरसम्म चीनको भ्रमणमा श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली पठाउने आश्वासनपछि उनी केही नरम भएका छन् । श्रेष्ठलाई विगतमा सधैं भारतपरस्त नेताको आरोप लाग्दै आएको छ । यसपटक पार्टीले नै आफ्नो नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल चीन पठाउन लागेपछि श्रेष्ठ खुसी भएका छन् । पार्टी नेतृत्वको त्यस्तो आश्वासनपछि बिहीबार सचिवालय बैठकपछि उनले प्रवक्ताकै हैसियतमा मिडियालाई जानकारी मात्र गराएनन्, सामाजिक सञ्जालमा सचिवालयका निर्णयहरू सार्वजनिक गरेका थिए ।

दुई साताअघि डा.गोविन्द केसीलाई अनसन बसेकै ठाउँमा गई भेटेको, तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई कारबाही गर्नुपर्ने भनाइ सार्वजनिक गरेको, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भेटेकोलगायतका विषयमा ओली र प्रचण्डले पार्टीको बैठकमै श्रेष्ठसँग स्पष्टीकरण लिएका थिए । अध्यक्षद्वयले स्पष्टीकरण सोधेलगत्तै उनले पार्टी प्रवक्ताबाट राजीनामा दिएर हिँडेका थिए ।

यसैबीच, सत्तारुढ नेकपामा चीन भ्रमणमा अध्यक्ष प्रचण्ड या नेता श्रेष्ठमध्ये कसलाई पहिले पठाउने भन्ने विषयमा नयाँ विवाद सुरु भएको छ । प्रचण्डले पनि चीन भ्रमणको तयारी गरेका छन् । त्यसअघि उनी भारत भ्रमणमा जाने भएका छन् । पूर्वमाओवादीका नेताद्वयको चीन र भारत भ्रमणको तयारीले प्रधानमन्त्री ओली झस्किन पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =