‘रोजी’को अफर – ‘म्युजिकल्ली गर्नुस् , १ लाख जित्नुस् ‘

  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौँ , फिल्म चल्नको लागी राम्रो बनेर मात्र पुग्दैन , यसलाई राम्रो प्रचारप्रसार गर्न नसकेमा फिल्मको ब्यापारमा ठुलो असर पर्ने गर्दछ । त्यसैले पनि पछिल्लो समय फिल्म निर्माण टिमले यसलाई बिशेष ध्यान दिने गरेका छन् ।

पिजा डेलिभरी गरेर होस अथवा यात्रुलाई गन्तव्य सम्म पुराएर फिल्म निर्माताले फिल्म प्रोमोसनका लागी अनेक उपाय अपनाउने गरेका छन् । यसैबीच आउँदो भाद्र २२ देखि अल नेपाल रिलिज हुन लागेको फिल्म ‘रोजी’ले पनि फिल्म प्रोमोसनको नयाँ उपाय अपनाएको छ ।


पछिल्लो समय युवापुस्ता माझ फ़ैलाईरहेको म्युजिकल्ली एपको प्रयोग गर्दै फिल्म निर्माण टिमले प्रोमोसन गर्न लागेको हो । अब दर्शकले केहि दिन अघि मात्र रिलिज भएको रोजी गीत ,’फुल हैन’मा म्युजिकल्ली भिडियो बनाउन पर्नेछ र उक्त भिडियोलाई ‘रोजी’ फिल्मको अफिसियल फेसबुक पेजमा पठाउन पर्नेछ । प्रतियोगिताको बिजयीलाई नगद १ लाखले पुरस्कृत गरिने भएको छ ।

प्रतिस्प्रधाका विजयी मध्य ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई फिल्मका कलाकारसँग डिनरको अवसर र दोस्रो र तेस्रोलाई फिल्म इन्स्टिच्युटमा छात्रवृद्धि दिइनेछ । प्राप्त म्युजिकल्ली भिडियोहरुलाई गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा अपलोड गरिने छ भने उक्त भिडियोले पाउने भ्युअर्जका आधारमा उत्कृष्ट प्रतियोगीहरुलाई छनौट गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 + = 64