बलिउडका फिल्म स्टार कमल हसन अब राजनितीमा

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

एजेन्सी,२५ साउन । बलिउडमा निकै सम्मानित व्यत्तित्वको छवि निर्माण गरेका फिल्म स्टार कमल हसनले राजनितीमा आउने तयारी गरेका छन् । लामो समय फिल्म क्षेत्रमा बेतित गरेका हसनले झन्डै २ सय वटा फिल्ममा सक्रिय भूमिका निभाएका छन् ।

फिल्म सेन्सर झमेलामा परेका ६३ वर्षिय हसनले नयाँ राजनितीक पार्टीको गठन गरेका छन् ।
उनले पार्टीमा रहेर वर्षौ देखि कलाकारीता गरेर बसेका कलाकारको अधिकारको बारेमा काम गर्ने योजना रहेको बताएका छन् । उनले ‘मक्का निधी मैम’ नामको पार्टी सञ्चालन गरेका छन् । कलाकारको विषयमा बोल्नु निकै चुनौतिपूर्ण रहेकोले सबै कलाकारले अब आफ्नो अधिकारका लागि बोल्ने बताएका छन् ।

हसनले तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र मानिएको छ । उक्त पार्टीले आगामी हुने आम निर्वाचनमा पहिलो पटक भाग लिने छ।
पार्टी स्वतन्त्रताको देखि लिएर धार्मिक विविधताको र राष्ट्रको रक्षाको लागि पार्टी क्रियाशिल रहने बताएका छन् ।

हसनले भने ‘मैले अहिलेको अवस्थालाई चुनौति दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि राजीनामा दिनेछु।’ सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्दै छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ = 6