शुटिंगमैं झगडा परेपछि करीनाले विपाशालाई भनेकी थिइन् ‘काली कलुटी बिल्ली’

  • 981
  •  
  •  
  •  
  •  
    981
    Shares

एजेन्सी, बलिउडमा हिरोइनहरु बिचको क्याटफाइट कुनै नौलो बिषय होइनन् । बोयफ्रेनको बिषयमा होस अथवा गेट अप देखि अन्य सामान्य कुरामा बेला बेलामा हिरोइनहरुको झगडाका खबर आइरहेका हुन्छन् । आज हामी तपाईंलाई एउटा पुरानो घटना सुनाउंदै छौं जुन घटना घटेको थियो सन् २००१ मा ।


बलिउड बेबो करीना कपूर र अर्की बोल्ड अभिनेत्री विपाशा बासु फिल्म अजनबीमा एकसाथ काम गरिरहेका थिए । फिल्म ‘अजनबी’ को शुटिङ्ग चलिरहँदा यी दुइ बीच ड्रेसको बिषयमा झगडा भएको थियो । यहाँ सम्म कि करीनाले विपाशालाई ‘काली बिल्ली’ समेत भनेकी थिइन् । यो खबर आज सम्म पनि बेला बेलामा मिडियामा आइरहन्छ । विपाशाको स्किन कलर नराम्रो भएको भन्दै उनले काली बिल्ली भनेकी थिइन् । त्यसपछि करीना र विपाशा दुश्मन नै भएका थिए । करीना विपाशालाई यसकारण पनि रुचाउदिन थिइन् किनकी विपाशा र सैफअलि खान मिल्ने साथि थिए । यसरी करीना र विपाशा बीच ‘अजनबी’ शूटिङ्गकै बेला क्याट्फ़ाइट सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 36