थाइल्यान्डमा बन्यो विशाल राम मन्दिर

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

एजेन्सी,२५ साउन । थाइल्यान्डमा भगवान रामको विशाल मन्दिर निर्माण हुने भएको छ । भारतको अयोध्यामा राम मन्दिर निर्माणमा विवाद भइरहँदा रामभक्तहरुले थाइल्यान्डमा मन्दिर निर्माण हुन थालेको हो ।

चाव फ्राया नदीको किनार र थाइल्यान्ड शहरको केन्द्र भागमा अयुध्यामा राम जन्मभूमि निर्माण ट्रस्टले भूमि पूजन र धार्मिक अनुष्ठान गरेपछि मन्दिर निर्माण कार्य सुरु भएको हो ।दक्षिणप्रर्वी एसियाको बौद्धबहुल देश थाइल्यान्ड हिन्दु धर्मप्रति निकै आस्थावान रहेको पाइन्छ । त्यहाका मानिसहरु हिन्दू मन्दिर र देवतामा गहिरो आस्था राख्छन् ।

थाइ संस्कृति एवं साहित्यमा रामायण र मर्यादापुरुषोत्तम रामको चर्चा छ । त्यहाँका राजाहरू पहिलेदेखि नै आफ्नो नाममा राम जोड्थे । थाइल्यान्डमा हिन्दू देवीदेवता र उनीहरूसँग जोडिएका प्रतीक अनेकौं ठाउँमा भेटिन्छन् ।

थाइल्यान्डको राष्ट्रिय चिह्न नै गरुड हो । राजधानी बैंककको विमानस्थलको स्वागत हलभित्र समुद्र मन्थनको भव्य दृश्य छ । थाइल्यान्डका मानिसहरु राजालाई रामको वंशजको रुपमा समेत मान्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =