सलमान नआएपछि थुनिएका सिमान्त गुरुङ धरौटीमा रिहा भए लगत्तै अदालत परिसरबाटै फेरि समातिए

  • 374
  •  
  •  
  •  
  •  
    374
    Shares

काठमाडौँ, २५ साउन । बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौँ ठगी गरेको आरोपमा पक्राउ परेर छुटेका सिमान्त गुरुङलाई प्रहरीले फेरि पक्रेको छ । ठगी आरोपमा गत असार २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरे पनि जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका थिए ।

तर चेक बाउन्सको उजुरी परेकाले उनी फेरि पक्राउ परेका हुन् । गुरुङ विरुद्ध ९३ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरी परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । थापाका अनुसार गुरुङलाई बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्राउ गरिएको हो ।

२०७४ फागुन २६ गते सलमान खानसहित विभिन्न बलिउड स्टारसरलाई काठमाडौँमा झिकाउने भन्दै उनले टिकट बापत पैसा उठाए पनि उक्त कार्यक्रम पुनः जेठका लागि सारिएको थियो । तर जेठमा पनि सलमान नेपाल नआएपछि गुरुङ ठगी आरोपमा पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 54