बिहे नहुँदै यस्तो रहेछ प्रियंका र निकको बच्चा पाउने सल्लाह

  • 325
  •  
  •  
  •  
  •  
    325
    Shares

एजेन्सी , बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड सिङ्गर निक जोनसको इन्गेजमेन्ट भए संगै अब बिवाहको खबर आउन थालेका छन् । तर बिवाह बारे बिस्तृत जानकारी आउन नपाउंदै अहिले निकले दिएको प्रतिक्रियामा सबैको ध्यान केन्द्रित भएको छ । हालैमा एक अन्तरवार्ताका क्रममा निकले आफुंलाई बच्चाहरु मन पर्ने कुरा खुलाएका छन् । उनलाई आफ्नो बच्चाको बारेमा सोधिएको प्रश्नमा भने उनले घुमाउरो सैलीमा जवाफ दिए ,’म समय नै तोकेर भन्न त सक्दिन तर त्यो समय अवस्य आउनेछ , मैले मेरा दाइका छोराछोरीलाई पनि समय दिनुपर्छ ‘ ।


आफ्नो दाइको छोरीलाई लिएको तस्बिरमा निक खुसि देखिएका छन् । यस्तै केहि महिना अघि प्रियंकालाई पनि यस्तै प्रश्न गरिएको थियो ।
प्रियंकाले भने समय नै तोकेर भनेकी थिइन् , ‘ मलाई बच्चाहरु मन पर्छ तर यसबारे मैले भने केहि सोचेकी छैन , सायद त्यो समय १० वर्ष पछि आउनेछ ‘ । यसरी प्रियंका र निक दुवैले बच्चा प्रतिको आफ्ना धारणा मिडियामा शेयर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

93 − 89 =