विश्वकपमा चम्किएका मड्रिक र एम्बाप्पे आउट, बर्ष खेलाडीको शिर्ष तीनमा रोनाल्डो, मेस्सी र सलाह

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौंः युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफए बर्ष खेलाडीको शिर्ष तीन खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र मोहम्मद सलाह समावेश भएका छन् ।

बिहीबार सार्वजनिक भएको सूचीमा रोनाल्डो, मेसी र सलाह शिर्ष तीनमा परेका छन् ।  बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गर्दै उत्कृष्टताको परिचय दिइसकेका छन्।

यस्तै हालै मात्र रियल मड्रिडबाट युभेन्टसमा आवद्ध रोनाल्डोले यसअघि रियलले लगातार तीनपटक उपाधि रक्षा गर्दा रोनाल्डोले सर्वाधिक १५ गोल गरेका थिए। यस्तै लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पुरायाउने क्रममा १० गोल गरेका थिए।

गत सिजनमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र सलाह मात्र उत्कृष्ट स्ट्राइकरका रूपमा रहेको युइएफएले जनाएको छ।

यसैगरी, उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र अटाएका छन्। मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिजले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 1