६८ वर्षिय अभिनेता रिचर्ड गेरे दोस्रो पटक बाबु बन्दै

  • 113
  •  
  •  
  •  
  •  
    113
    Shares

एजेन्सी,२६ साउन । हलिउडका ६८ वर्षिय अभिनेता रिचर्ड गेरे पुनः दोस्रो पटक बाबु बन्ने भएका छन् । उनकी दोस्री श्रीमती ३३ वर्षिया एलेन्जेड्रा सिल्वा गर्भवती भएको खबर चर्चामा आएको छ ।

उनीहरुले ४ वर्षको अफयर पछि यहि अप्रिलमा स्पेनमा विवाह गरेका थिए । पहिलो श्रीमती लोवेलसबाट जन्मिएको जेठो छोरा १८ वर्षका भएका छन् । पूर्व श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी सिल्वाले रिचर्ड गेरेसँग विवाह गरेकी हुन् ।

रिचर्ड अमेरिकी सिनेमा र टेलिभिजनका चर्चित अभिनेता हुन् । उनी ४० वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 28