तातो दूधमा सख्खर मिलाएर खाँदाको चमत्कारिक फाइदा यस्ता छन्

  • 258
  •  
  •  
  •  
  •  
    258
    Shares

दूध हामी सबैलाई मन पर्छ, सख्खर मन नपराउने पनि सायदै कोही होलान् । यसको सेवनले हाम्रो स्वास्थ्यलाई अति नै फाइदा पु¥याउँछ । मनतातो दूधमा सख्खर मिलाएर खाने हो भने यसले दिने फाइदा झन दोब्बर हुन्छ । आज हामी दूध र सख्खर मिलाएर सेवन गर्दा पाइने फाइदाबारे जानकारी गराउँदै छौँ । जुन हेरेर तपाई नै हैरान बन्नुहुनेछ ।

१. तौल बढ्न रोक्छ
तातो दूधमा सख्खर मिसाएर खानाले तौल नियन्त्रण गर्नमा सहयोग गर्छ । चिनी रोगको समस्या भएका व्यक्तिले दुधमा चिनी मिसाउनुको सट्टा सख्खर मिसाउनुहोस् ।

२ं. अशुद्ध रगत हटाउँछ
सख्खरमा पाइने तत्वले हाम्रो शरीरमा भएको अशुद्ध रगत सफा गर्छ । दूधमा सख्खर राखेर पिउने हो भने अशुद्ध रगत हटाएर शुद्ध रगतको मात्रा बढाउँछ ।

३. पेटमा समस्या भएमा
पाचन प्रणाली सम्वन्धि कुनै समस्या भएमा तातो दूधमा सख्खर मिसाएर सेवन गर्दा पाचन प्रणाली सम्वन्धि विभिन्न रोगहरु निको बनाउँछ ।

४. त्वचा मुलायम बनाउँछ
तातो दूधमा सख्खर राखेर पिउनाले त्वचा सुन्दर बनाउँछ । त्वचा सम्वन्धि रोग पनि लाग्न दिँदैन ।

५. हातखुट्टा दुखेको निको बनाउँछ
जाडोको समयमा हात खुट्टा दुखेमा तातो दूधमा सख्खर र सानो टुक्रा अदुवा राखेर पिउनुहोस् ।

६. महिनावारीको पीडा कम गर्छ
तातो दूधको साथमा सख्खर राखेर पिउनाले महिनावारीको समयमा हुने पीडा कम गराउँछ । यसका साथै महिनावारी सुरु हुनु १ हप्ता अगाडि सख्खरको सेवन गर्नुभए अझ लाभदायी हुन्छ ।

७. थकान लागेमा
थकान लागेमा मनतातो दूधमा सख्खर राखेर पिउनुहोस् । तपाईको थकान मेटिएर शरीरमा स्फूर्ति आउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − = 40