खुट्टा फर्किएको निको पार्ने घरेलु उपचार बिधि (भिडियो सहित)

  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडौँ ।  हामी केही काम नगरी बसिरहँदा पनि कहिले काहिँ शरिरले अनावश्यक दुःख दिन्छ । हामी बसिरहेको बेला पिँडौला वा तिघ्राको मासु पल्टिँदा अत्यधिक दुख्ने गर्छ । यसलाई हामी बोलीचालीको भाषामा खट्टा फर्किएको वा बाउँडिएको भन्छौँ । आउनुहोस खुट्टा फर्किने समस्या कसरी हटाउन सकिन्छ हामी प्रस्तुत गर्दैछौँ ।

१. पोषिलो खानेकुरा खानुहोस्
शरिरलाई आवश्यक पर्ने सोडियम, पोटासियम क्याल्सियम म्याग्नेसियम भिटामीन डी आदि पोषक तत्व पर्याप्त मात्रामा नभएमा यो समस्याले सताउँछ । त्यसको लागि पोटासियम क्याल्सियम तथा भिटामीन डी पाईने खानेकुरा, गेडागुडी फलफुल प्रशस्त मात्रामा खानुपर्दछ ।

२. सजिलोसंग सुत्नुहोस्
अप्ठेरो गरेर बस्दा सुत्दा समेत खट्टुा बाँउडिने गर्छ । त्यसैले सुत्दा सजिलो गरेर नरम व्ल्यांकेट र नरम ओच्छ्यानमा सुत्नुु पर्छ अझ सुत्नु अगाडि १० मिनेट जति साईकल चलाए अझ राम्रो हुन्छ ।

३. अग्लो हिल भएको जुत्ता चप्पल नलगाउनुहोस्
अग्लो हिल भएको जुत्ता चप्पल लगाएर लामो समयसम्म उभिरह्यौँ भने पनि खट्टुा बाउँडिन्छ । अग्लो हिलको सट्टामा आरामदायी जुत्ता चप्पल लगाउनुपर्छ ।

४. पर्याप्त पानी, जुस पिउनुहोस्
शरिरमा पर्याप्त मात्रामा पानीको मात्रा भएन भने पनि खुट्टा बाँउडिने गर्छ । किनभने पानीले शरिरको मांशपेशी सञ्चालनमा महत्वपूर्ण सहयोग गरेको हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पानीको साथमा फलफुलको रस, जुस दालजन्य पदार्थको झोल आदि पनि पिउनुपर्छ ।

५. सागसव्जी तथा कम कार्वोहाईड्रेट भएका खानेकुरा खानुहोस्
शरिरमा थाइराइड हर्मोनको कमी छ भने हाम्रो मेटाबोलिजम कम हुन्छ जसको कारण कशरत गर्दा उच्च मेटाबोलिजम पूर्ति हुन सक्दैन र खुट्टा फर्कन्छ । त्यसको लागि हामीले हरियो सागसव्जी तथा कम कार्वोहाईड्रेट भएका खानेकुरा साथै फलफुल खानुपर्छ ।

६. मधुमेह र गर्भवती महिलाले डाक्टरको सल्लाह लिनुहोस्
गर्भावस्था संवेदनशील अवस्था हो त्यसकारण धेरै ध्यान दिनुपर्छ । यदि गर्भावस्थामा पटक पटक खुट्टा बाउँडिन्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । त्यस्तै मधुमेह रोग छ भने पनि खट्टुा फर्कन्छ । मधुमेहको विरामीमा यस्तो हुनु भनेको खराब लक्षण हो । त्यसैले मधुमेहको रोगीले पनि खुट्टा पल्टेको महशुस गरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

७. मद्यपान, कफी, सोडा सेवन नगर्नुहोस्
यदि हामी मद्यपान गर्छौँ र त्यो मात्रा अत्यधिक छ भने पनि हाम्रो खुट्टा बाउँडिन्छ । त्यसैले मद्यपान नगर्ने साथै कफी सोडा समेत सेवन गर्नुहुँदैन ।

८.औषधीको असर भएमा चिकित्सकको सल्लाह लिनुहोस्
हामीले सेवन गर्ने कतिपय औषधीको कारण पनि खुट्टा बाउँडिन्छ । पिसाव लगाउने औषधी, परिवार नियोजनको खाने चक्की, कोलेस्टेरोलको मात्रा कम गर्ने औषधी, एन्टिसायोटिक औषधी, स्टेरोयड आदि औषधीले खुट्टाको मासु फर्किने समस्या देखा पर्छ । तसर्थ यस्ता औषधीको प्रयोग गर्दा खुट्टा फर्कने समस्या देखा परेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
९. मसाज गर्नुहोस्
खुट्टा फर्केपछि हामीलाई अत्यधिक पीडा हुन्छ, यदि १० देखि १५ मिनेटसम्म खुट्टा फर्किएको छ भने हामीले मसाज गरेर मासुलाई सामान्य प्रक्रियामा ल्याउन सकिन्छ । त्यसैगरी तातोपानीले सेक्नुभयो भने पनि फर्केको मासु चाँडे फुक्छ ।

१०. मज्जाले हाँस्नुहोस्
मज्जाले हाँस्दा हाम्रो दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुन्छ जसको कारण फर्केको मासु चाँडै ठीक ठाउँमा आउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 − 30 =