पाकिस्तानी प्रधानमन्त्री सरकारी निवासमा नबस्ने, आफ्ना सबै सेवासुविधा कटौती, नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको तारिफ

  • 14.3K
  •  
  •  
  •  
  •  
    14.3K
    Shares

काठमाडौं, ५ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको जानकारी गराएका हुन् । उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा बस्नेछन् ।

अहिलेको प्रधानमन्त्री निवासमा ५२४ कामदार र ८० बुलेटप्रुफ कार छन् । इमरानले आफूले दुईजना कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन् ।

इमरानले दुइटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती किन्न निमन्त्रणा गरेका छन् । उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउने बताए ।

इमरानले प्रधानमन्त्री निवासको जग्गा र सम्पत्तिमा अनुसन्धान विश्वविद्यालय बनाउने आफ्नो चाहना रहेको उल्लेख गरेका छन् ।

उनले नयाँ पाकिस्तान बनाउन नयाँ सोच आवश्यक रहेको पनि उल्लेख गरे । चुनावका बेला इमरानले वंशवाद र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका थिए ।

इमरान खानले आफू नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जीवनीबाट निकै प्रभावित भएको समेत बताएका छन् ।

नेपालका पूर्वप्रधानमन्त्री कोइरालाको सम्पत्तिको नाममा तीनवटा मोबाइल रहेको र आफ्नो घरसमेत नरहेकाले भाइको घरमा बस्ने गरेको कुराले आफूलाई उनकै बाटोमा हिँड्न अभिप्रेरित गरेको उनको भनाइ छ ।

र यो पनि

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 − = 34