घाउबाट रगत बगेमा तत्काल रोक्ने घरेलु उपाय (भिडियो सहित)

  • 90
  •  
  •  
  •  
  •  
    90
    Shares

काठमाडौँ । हाम्रो शरीरमा विभिन्न कारणले घाउचोट लाग्छ । कतिपय घाउचोट सामान्य लागेपनि कतिपय घाउ नीकै ठूलो हुन्छ । यस्ता घाउबाट रगत बगेमा र तत्काल रोक्न नसकेमा दीर्घ घाउ बन्छ । आज हामी चोट लागेर बगेको रगत घरैमा रोक्ने उपायबारे जानकारी गराउँदै छौँ ।

१. बेसार लगाउनुहोस्
घाउ लागेर रगत बगेमा बेसारको धुलो लगाउनुहोस् । यसले रगत बग्न छोड्छ । यसका साथै संक्रमण पनि हुन दिँदैन ।

२. कफीको पाउडर लगाउनुहोस्
कफी पिउनको लागि मात्र होइन, घाउमा बगेको रगत बग्न पनि रोक्छ । चोट लागेको ठाउँमा कफीको पाउडर लगाइदिनुस् तुरुन्तै रगत बग्न छोड्छ ।

३. टी व्याग
टी व्यागले पनि रगत बग्न रोक्छ । चोट लागेमा टि व्यागलाई चिसो पानीमा डुबाएर राख्नुहोस् । भिजेपछि त्यसलाई घाउ लागेको ठाउँमा राखेर हल्का थिच्नुहोस् । रगत बग्न तुरुन्त रोक्छ ।

४. टुथपेष्ट
टुथपेष्टको प्रयोग दाँत माझ्न मात्र होइन घाउ चोटबाट बगेको रगत रोक्न पनि प्रयोग गर्न सकिन्छ । घाउ लागेको ठाउँमा टुथपेष्ट लगाउनाले रगत बग्न रोक्नुका साथै घाउ समेत चाँडै भर्छ ।

५. बरफ
घाउ लागेको ठाउँमा बरफ लगाउनाले पनि रगत बग्न छोड्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 7