३७ दिनमै ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा…’ बोलको गीतलाई करोड बढी भ्यूज (भिडियाेसहित)

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौं, २१ भदौ । दीपाश्री निरौला निर्देशित तेस्रो चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा…’ बोलको गीतले युट्युबमा करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएको ३७ दिनमै गीतले करोड भ्युज पाएको छ, जुन आफैँमा एउटा कीर्तिमान हो ।

गीत हिट भएसँगै ‘छक्का पञ्जा ३’ को हाइप पनि बढेको छ । चलचित्र आगामी दसैंमा रिलिज हुँदैछ । यसअघिका ‘छक्का पञ्जा’ का सिरिज ब्लकबस्टर भएकाले यो चलचित्रले पनि रामै्र व्यापार गर्ने आश गरिएको छ । ‘पहिलो नम्बर… मा’ गीत राजेन्द्र थापाले लेखेका हुन् भने संगीत दीपक शर्माले गरेका हुन् । पछिल्लो समय दीपक शर्माले संगीतa गरेका एक पछि अर्को गीत करोड क्लबमा प्रवेश गरेका छन् । ‘पहिलो नम्बर… मा’ गीतलाई गायक डेभिड शंकर र गायिका बिन्दु परियारको स्वर रहेको छ ।

‘पहिलो नम्बर… मा’ गीतमा ‘छक्का पञ्जा ३’ का सबै कलाकार दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाईं, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ, जितु नेपाललगायको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 18