‘इन्टुमिन्टु लण्डनमा’ चलचित्रको ‘जुरायो…’ बोलको गीतलाई दुई दिनमै साढे दुई लाख बढी भ्यूज (भिडियोसहित)

  • 294
  •  
  •  
  •  
  •  
    294
    Shares

‘इन्टुमिन्टु लण्डनमा’ चलचित्रको ‘जुरायो जुरायो’ बोलको गीत छोटो समयमै निक्कै चर्चित बनेको छ । बुधबार मात्रै युट्युवमा अपलोड भएको यस गीतको भ्यूज बिहीबार विहानसम्ममा साढे दुई लाखभन्दा बढी पटक हेरिसकिएको छ । बसन्त सापकोटाको शब्द र संगीत रहेको यस गीतमा राजेशपायल राई र मेलिना राईको आवाज रहेको छ । डान्सिङ बीटमा रहेको यो गीतमा विक्रम लामा र अञ्लिा खत्रीको कोरियोग्रफी रहेको छ ।

आगामी आसोज ५ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’को ट्रेलर पनि केही समयअघि मात्रै रिलिज भएको थियो । यस चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुवी राना र विवेक लिम्बुको मुख्य भूमिका छ।

लण्डनमा छायांकन गरिएको यस चलचित्रमा बेलायतको आकर्षक दृश्यहरु देख्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − = 15