पहिलो नेपाल आइडल बुद्ध लामा आफ्नो नयाँ गीत ‘सानी नरिसाउ न’ मा यसरी नाँचे

  • 686
  •  
  •  
  •  
  •  
    686
    Shares

चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करण विजेता बुद्ध लामाको ‘सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

एपी वान टेलिभिजनको रियालीटि शो नेपाल आइडल सिजन टू को हिजोको एपसोड ९ मार्फत बुद्धको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘सानी नरिसाउ न, मलाई फकाउन आउदैन’ भन्दै बुद्ध लामा म्युजिक भिडियोमा छमछमी नाँचेका छन् । उनलाई मोडल विनिताले साथ दिएका छन् । जीवनको भर नहुँने, साँचो माया गर्नेलाई कसैको डर नहुँने, मेरो मायामा हुन्न बेईमानी भन्दै लामाले सानीलाई फकाएका छन् ।

गीतमा आशुसेन लामाको शब्द, संगीत, फनिन्द्र राईको एरेञ्ज रहेको छ । कोरियोग्राफर सञ्जय लामाले गरेका छन्, भने म्युजिक भिडियोलाई मनोजराज अधिकारीले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 2