काभ्रेकी विष्णुमाया तामाङ भन्छिन्, श्रीमानकाे ज्यादती खप्न नसकेर विष नै पिएँ, प्रहरी र महिला आयोगलेसमेत न्याय दिएनन् (भिडियो)

  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

काठमाडाैँ, २५ भदाै । काभ्रे जिल्ला घर भई हाल डिल्लीबजार बस्दै आएकी विष्णुमाया तामाङले श्रीमानबाट दैनिक मानसिक र सारीरिक यातना खेप्दै आएकी छिन् । करिब छ वर्षअघि परिवारले काभ्रे जिल्लाकै यार्साङ तामाङसँग विवाह गरिदिए । उनको पढ्ने इच्छा हुँदा हुँदै पनि परिवारले विवाहपछि पढाइदिने र धनभएको केटा भन्दै जवरजस्ती विवाह गरिदिएको विष्णुमायाको भनाई छ । तर समयय वित्दै जाँदा उनका धन भएको भनिएको श्रीमानको मनसमेत रहेनछ ।

समय वित्दै जाँदा श्रीमानको वास्तविक रुप देख्दै गएकी विष्णुमाया अहिले तीनै श्रीमानबाट रातदिन हिंसाको सिकार बन्नु परेको छ । अलिअलि भएको सम्पत्ति पनि जाँडरक्सी खाएर सकेका श्रीमाने अहिले विष्णुमायाले कमाएको केही रकम पनि उल्टै रक्सी खाएरै सकिदिन्छन् । उनका साथमा चार वर्षको छोरासमेत छ । छोरा कै लागि भए पनि केही गरौँ भन्ने उनको इच्छा छ । तर पढाइ बिचैमा छुटेपछि राम्रो जागिर पनि नपाएकाले उनलाई कमाउन पनि निक्कै धाउधाउ परेको छ ।

बल्ला बल्ल दुःख गरेर कमाएको केही पैसा पनि तीनै श्रीमानले रक्सी खाएर सकिदिने गरेको विष्णुमायाँ बताउँछिन् । रक्सी खाएर आफूलाई गाली गलौज गर्ने र कुटपीट गर्ने श्रीमानको दैनिकी नै बनिसकेको छ । आफूलाई रातदिन मानसिक र शारीरिक यातना दिने गरेपछि उनी न्यायका लागि भन्दै प्रहरी र राष्ट्रिय महिला आयोगमासमेत पुगिन् । तर त्यहाँबाट पनि आफूलाई कुनै सहयोग नभएको उनको गुनासो छ । उनी भन्छिन्, ‘ म राष्ट्रिय महिला आयोग पनि गएँ ।

आयोगले श्रीमानलाई बोलाएर अबदेखि झगडा नगर्ने भन्ने कागज बनाएर पठायो । श्रीमानले पनि हुन्छ भन्दै कागजमा सही गरे तर घर फर्केपछि फेरि उस्तै बेबहार गर्न थाले ।’ विष्णुमायाँ भन्छिन्, ‘म श्रीमानसँग डिभोर्स गर्न चाहन्छु । तर डिभोर्स पनि दिनै मान्दैन । म कसरी बाँच्नु ?’

श्रीमानको ज्यादती सहन नसकेर उनले माइतमै गएर बस्ने निधोसमेत गरिन् तर माइतीले विवाह गरेको छोरी चेली माइत बस्न हुँदैन भन्दै जे परे पनि सहेर श्रीमानसँगै बस्नपर्छ भन्दै फार्काइ दिए । त्यसपछि भने उनले आफूलाई बाँच्नुको कुनै औचित्य देख्न छाडिन् र विष नै सेवन गरिन् ।

अरुले थाहा पाएर अस्पताल पुर्याइएपछि उनी बाँचिन् । उनी भन्छिन्, ‘बोरु मलाई तेतिबेलै मर्न दिएको भए अहिले यो दुःख पाउनु पर्ने थिएन ।’ विष्णुमाया न्यायका लागि भन्दै प्रहरी र राष्ट्रिय महिला आयोगमासमेत धाइन् तर कतैबाट सहयोग नपाएपछि न्याय माग्दै अहिले मिडियाहरुमा धाउने गरेकी छिन् । मिडयाबाट अरुले थाहा पाएर आफूले सहयोग पाउँछु कि भन्ने उनको आशा छ ।

उनी भन्छिन्, ‘मलाई न्याय चाहिएको छ । म श्रीमानको रातदिनको कुटाइ खाएर बस्न सक्दिन । मलाई छुटकारा चाहिएको छ ।’ विष्णुमाया भन्छिन्, ‘मलाई आर्थिक सहयोग होइन, काम गर्नका लागि कसैले वातावरण मिलाइदिए म काम गरेरै मारो छोरा पढाउँथे ।’

उनले मिडिया एनपीमा आएर आफ्नो पीडा यसरी पोखिन्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =