पुष्कर कार्की, ठुले राई र धिरु बस्नेत एआईजीमा सिफारिस

  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौँ, २६ भदौ । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीनजनाको नाम सिफारिस गरेको छ । मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले डीआईजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

अब तीनजनालाई मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरूको पदस्थापना हुनेछ । पछिल्लो पटक नेपाल प्रहरीमा जम्मा तीनजना मात्रै एआईजीको व्यवस्था गरिएको छ । यसपटक तीनजनाका लागि पाँच डीआईजी प्रतिस्पर्धामा रहेका थिए ।डीआईजी कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, राई लागूऔषध नियन्त्रण ब्युरो र बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत छन् । लामो समयसम्म एआईजी बढुवा गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल र आईजी सर्वेन्द्र खनालको आलोचना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 50 = 55