विप्लव नेकपा प्रवक्ता प्रकाण्डको ‘नेपाल टुर’ सरकारी खर्चमा

  • 344
  •  
  •  
  •  
  •  
    344
    Shares

काठमाडौँ, २८ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खण्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अहिले दाङमा छन् । उनलाई देशव्यापी भ्रमण गराउने सरकारको योजनासहित उनी गत साउन २२ गते काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिए यता उनी अहिले पूर्ण सुरक्षासहित विभिन्न जिल्ला भ्रमणमा छन् । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा पछिल्लो पटक सरकारी खर्चमै भोजपुरबाट दाङ पुर्याएका छन् ।

सुरुमा काठमाडौँबाट प्रहरीको सुरक्षामा ल्याइएका विश्वकर्मा काठमाडौँपछि नुवाकोट लगिएको थियो । नुवाकोटबाट फेरि उनलाई सुरक्षा दलबलसहित भोजपुर पुर्याइयो र भोजपुरबाट उनलाई दाङ लगिएको छ । शसस्त्र द्व्न्द्वकालमा पनि नघुमेका प्रकाण्ड अहिले सरकारी खर्चमा विभिन्न जिल्ला घुम्न पाएका छन् । कहिले काभ्रे कहिले नुवाकोट कहिले भोजपुर त कहिले दाङ ।

प्रकाण्डको ‘नेपाल टुर’को सुरुवात

प्रकाण्डको नेपालटुरको सरुवात भने काठमाडौँबाटै भएको हो । देशका विभिन्न व्यवसायी र व्यापारीहरुसँग चन्दा उठाएको उजुरीका आधारमा साउन २२ गते काठमाडौँको दक्षिणकालिबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले रिहाई गर्न अदेश दिएको थियो । रिहाई भए लगत्तै उनी सर्वोच्चकै गेटबाट पुनः देस्रो पटक पक्राउ गरि काभ्रे लगियो । टिपर जलाएको आरोपमा उनीमाथि मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामा सार्वोच्च अदालतले दोस्रोपटक उपस्थित गरायो । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको थियो । अदालतले छोड्ने आदेश दिए पनि पक्राउ परेपछि उनको रिहाई माग गर्दै भाई वीरेन्द्र विकले भदौ ३ गते सर्वोच्च रिट दर्ता गरेका थिए । त्यही रिटमा सुनुवाईको लागि प्रकाण्डलाई अदालत उपस्थित गराइएको हो ।

सर्वोच्च अदालतले उनलाई तत्काल रिहा गर्न आदेश दियो र उनी रिहा भए । रिहा भएकै साँझ उनलाई फेरि पक्राउ गरियो । उनलाई राष्ट्रिय मानवअधिकार आयोगकै गाडीबाट प्रहरीले पक्राउ गरिएको थियो । भोजपुर लैजान भन्दै पक्राउ परेका प्रकाण्डलाई नुवाकोट पुर्याइयो । एनसेलको टावरमा आगजनी गरको आरोपमा पुनः तेस्रोपटक पक्राउ परेका प्रकाण्डलाई नुवाकोटबाट भोजपुर पुर्याइएको थियो । भोजपुर जिल्ला अदालतले धरौटीमा रिहाई गर्न आदेश दियो । तर तलत्तै त्यहीँबाट पुनः चौथो पटक पनि पक्राउ परेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनका बेला नेपाली कांग्रेसका सभापति दाङमा शेरबहादुर देउवा जाने कार्यक्रममा आक्रमण गरेको अभियोग उनीमाथि लगाइएको छ । सो आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो । यसरी उनी पक्राउ पर्दै रिहाई हुँदै चौथोपटक भइसकेको छ ।

कहिले उच्च सरकारी सुरक्षासहितको गाडीमा त कहिले हेलिकोप्टरमा उनको यात्रा जारी छ । आफूलाई पक्राउ गरी प्रहरी हिरासतमा राख्नु गैरन्यायिक भएको र यसको मुल्य नेपाल सरकारले चुकाउनु पर्ने उनको चेतावनी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =