२२ वर्ष अगाडी नै गरिसकेका थिए अक्षकुमारले तिन खानले गर्न नसकेको काम

  • 686
  •  
  •  
  •  
  •  
    686
    Shares

एजेन्सी,२८ भदौ । बलिउडमा अन्य अभिनेता भन्दा छुट्टै छवी बनाएका अक्षयकुमार सधै आफ्नो कामको कारण चर्चामा आउने गर्छन् । उनलाई बलिउडमा एक जादुमय स्टारको रुपमा पनि चिनिदै आएको छ । बलिउडमा एकछत्र राज गरेका सलमान, आमिर, शाहरुख भन्दा अक्षय कुमार निकै फरक रहेका छन् ।

उनी बलिउडमा अन्य स्टारले भन्दा बढी कर तिर्ने अभिनेताको रुपमा पनि पर्ने गर्छन् । अभिनयमा आफुलाई स्थापित गर्न धेरै संघर्ष गरेका अक्षयकुमार खेलाडीको नामबाट पनि चिनिने गरेको छ । बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चनसँग नाम जाडिएर चर्चामा आएकी अभिनेत्री रेखालाई बलिउडमा निकै सम्मानको साथ हेर्ने गरिन्छ ।

उनी सर्वाधिक चचाएमा आएकी अभिनेत्री हुन् । उनीसँग फिल्ममा खेल्ने अवसर प्राय कमैले पाउने गर्छन् । यद्यपी अक्षय कुमारले भने अभिनेत्री रेखासँग आज भन्दा २२ वर्ष अगाडी नै ‘खिलाडीयो का खिलाडी’ मा रोमान्स गरिसकेका छन् । उक्त फिल्ममा रेखासँग लभ अफयरमा रोमान्स गरेका अक्षय कुमारको जस्तो मौका बलिउडका तीन खानले अझै सम्म पाएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =