रामचन्द्र पौडेल १० दिनका लागि युरोप भ्रमणमा जाने भएपछि कांग्रेसमा किचलो

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १० दिनका लागि शुक्रबार युरोप भ्रमणमा जान लागेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक अनिश्तिकालका लागि स्थगित गर्दै पौडेल युरोप जान लागेका हुन् । युरोपका विभिन्न देशका कांग्रेस जनसम्पर्क समितिको आयोजनामा हुने कार्यक्रममा पौडेलले सहभागिता जनाउनेछन् ।

पौडेल युरोप भ्रमणमा जान लागेपछि कांग्रेसका नियमित काम प्रभावित हुने भएको छ । कांग्रेसको भ्रातृसंगठन नेविसंघको महाधिवेशन कात्तिकमा हुँदैछ । त्यसका लागि नेविसंघले विधान संशोधन गरी पार्टीलाई बुझाएको छ । त्यसबारे पार्टीको निर्णयमा पौडेल नहुँदा प्रभाव पर्नेछ ।

यस्तै, कांग्रेसको आगामी मंसिरमा बस्ने महासमिति बैठकको तयारी पनि रोकिने भएको छ । यसअघि भदौ २१ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि पौडेल समूहको असन्तुष्टिका कारण स्थगित भएको छ । बैठकले कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्ने कार्यतालिका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 ÷ 23 =