बुबा आमालाई धन्यवाद दिँदै नेपाली युवकले अमेरिकाको पुलबाट हाम फालेर गरे आत्माहत्या साथै भेटियो यस्तो सुसाइड नोट

  • 800
  •  
  •  
  •  
  •  
    800
    Shares

काठमाडौँ, २९ भदौ । अमेरिकाको क्यालिर्फोनियामा बस्दै आएका नवलपरासीको रामग्राम वडा नं.२ का संचित भट्टले सुसायड नोटमा आमा बाबुलाई धन्यवाद दिँदै पुलबाट हाम फालेर आत्माहत्या गरेका छन् । रामग्राम निवासी कृष्ण भट्टका २३ वर्षिय छोरा संचितले ११ तारिखको दिन आत्माहत्या गरेको स्रोतले जनाएको छ ।

कार चलाएर राती ९ बजे सान राफोल पुलमा गएका उनले पुलबाट हाम फालेर आत्मा हत्या गरेको स्रोतले जनाएको छ । संचित लेखेको सुसाइड नोट पनि प्रहरीले फेला पारेको छ । उनले सोसाइड नोटमा आफुले कसैको कारण आत्माहत्या नगरेको खुलाउँदै जन्मदिने आमाबाबुलाई धन्यवाद दिएका छन् ।

उनले सोसाइड नोटमा कसैको केही नबिगारेको उल्लेख गरेका छन् । प्रहरीले उनले मृत्यु गर्नुुको कारण अनुसन्धान गरिरहेको छ । उनको अन्त्यष्टि क्यालिर्फोनियाको एल सोबरनेटमा शुक्रबर गरिन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 70