बुहारी हिमानी उडेको भोलिपल्टै पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाँदै, दसैंअघि मात्र फर्किने

  • 200
  •  
  •  
  •  
  •  
    200
    Shares

काठमाडौं, २९ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रबार थाइल्यान्ड जाँदैछन् । पूर्वराजा पत्नी कोमल, निजी सचिव सागर तिमल्सिनासहित थाइल्यान्ड जान लागेका हुन् । पूर्वराजासँगै साथी प्रभुशमशेर राणा, साला उदयशमशेर राणा र उनकी पत्नी पनि जानेछन् । पूर्वयुवराज्ञी हिमानी भने बिहीबार नै बैंकक पुगेकी छिन् । निजीसचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी बैंकक पुगेकी हुन् ।

स्रोतका अनुसार पूर्वराजा बैंककबाटै श्रीलंका र भारत जाने तय भएको छ । यसक्रममा श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । पूर्वराजा भदौ पहिलो साता नै भारत जाने मनस्थितिमा थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताका कारण त्यसबेला रोकिएको स्रोतको भनाइ छ ।

दुई साता थाइल्यान्ड, श्रीलंका, भारत बसेर दसैंअघि मात्र पूर्वराजपरिवार स्वदेश फर्किने कार्यक्रम छ । एक महिनाअघि मात्र दुई साता बैंकक बसेर फर्केका पूर्वराजा शाह सुटुक्क नेपाल फर्केका थिए । तर, यसपटक सपरिवार थाइल्यान्ड भ्रमणलाई लिएर सर्वत्र चासो उत्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =