यस्तो बन्यो चिनमा उड्ने स्कुटर (भिडियो सहित )

  • 417
  •  
  •  
  •  
  •  
    417
    Shares

एजेन्सी,२९ भदौ । चीनका एक ४० वर्षिय व्यक्तिले उड्ने स्कुटर तयार गरेका छन् । बाल्यकालदेखि बोकेको सपना उनले ४० वर्षको उमेरमा आएर पुरा गरेको छन् । चीनको गुआंडोग शहरमा बस्दै आएका ज्हाओ डेली नामका गरेका व्यक्तिले निर्माण गरेका हुन् । उनले आफुले निर्माण गरेको स्कुटर विश्वको पहिलो भएको दाबी गरेका छन् ।

पहिलोपटक स्कुटर निर्माण गर्ने क्रममा असफल भएका डेलीको यो दास्रो प्रयास हो । उनले स्कुटर बनाउने क्रममा थुप्रै समस्याहरु झेलेका थिए । जसको लागि उनले घर समेत बेचेका थिए । दुई वर्षको प्रयासमा दोस्रो पटक स्कुटर निर्माण गर्न सफल भएका छन् । स्कुटर बनाउन सफल भएका डेली अब यसकै कम्पनी खोल्ने तयारीमा छन् । यो स्कुटरको मूल्य ५ लाख देखि ८ लाख सम्म रहने सम्भावना रहेको छ । उनले यो भन्दा अगाडी प्रेट्रोलबाट चल्ने ड्रोन समेत निर्माण गरिसकेका छन् । स्कुटरमा दुई जना बस्न मिल्ने छ ।

करिब २ सय ५६ किलोग्राम तौल भएको स्कुटर प्रतिघण्टा ७५ किलोमिटरको रफ्तारमा उड्न सक्ने छ । एकपटक चार्ज भएको ब्याट्रीले ३० मिनेटसम्म काम गर्नेछ । उनले १ हजार पटक टेस्ट गरेपछि मात्र विश्वसामु प्रस्तुत गरेका हुन् । उनले स्कुटरको नाम ‘जिन डोउ यून’ राखेका छन् । यतिबेला उनले निर्माण गरेको उड्ने स्कुटरर सामाजिक सञ्जालमा भाइल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =