प्रचण्डले चिनियाँ राष्ट्रपति भेट्न नपाउने, प्रधानमन्त्री ओली न्युयोर्क जाने

  • 342
  •  
  •  
  •  
  •  
    342
    Shares

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबारदेखि चीन भ्रमणमा जाँदैछन् । उनको चीन भ्रमण निजी भ्रमण हुने बताइएको छ । प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र एकजना सहयोगी सहभागी हुनेछन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज साँझ चीन भ्रमणमा जाँदैछन् । उनको भ्रमण दलमा नेकपाका करिब एक दर्जन नेता सहभागी हुने बताइएको छ । केही दिनअघि मात्रै सभामुख कृष्णबहादुर महरा पाँच दिने चीनको भ्रमण पूरा गरी फर्के । नारायणकाजी श्रेष्ठलाई नेकपाले नै पठाएको हो । पार्टी प्रवक्ताबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी ओली र प्रचण्डले फकाउन श्रेष्ठलाई चीनको उच्चस्तरीय भ्रमणमा पठाउन लागेको बताइन्छ ।

भारतबाट फर्केको एक साता नबित्दै प्रचण्ड चीन जान लागेका हुन् । भारत भ्रमणका क्रममा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । उच्च स्रोतका अनुसार प्रचण्डले चिनियाँ उपराष्ट्रपति ली युनचाओसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसँग पनि छलफल गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेकाले उनले भेट्न पाउने नपाउने अझै टुंगो लागेको छैन । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ ।

प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रमसमेत तय भएको छ । माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्न भारत र चीन भ्रमणमा जान लागेको बताउँदै आएका छन् । तर, राजनीतिक वृत्तमा नेकपाका शीर्ष नेताको एकैचोटि चीन भ्रमणलाई लिएर थरीथरीको आशंका र विश्लेषण गर्न थालिएको छ । अझ पूर्वराजा ज्ञानेन्द्र शाह यही समयमा थाइल्यान्ड जानु र त्यतैबाट श्रीलंका र भारतको भ्रमण गर्नुले पनि केही नयाँ खिचडी त पाक्दै छैन ? भन्ने आशंका उब्जिएको हो ।

प्रचण्ड चीन भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्री केपी ओली अमेरिकाको न्युयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका लागि उनी न्युयोर्क जाने भएका हुन् । उनले महासभामा असोज ११ गते सम्बोधन गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1