रामकहानीको एक हप्ताको व्यापार सार्वजनिक, कति करोड कलेक्सन गर्यो त ?

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौँ, नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाको संयुक्त निर्माणमा बनेको फिल्म ‘रामकहानी’को एक हप्ते बिजनेस सार्वजनिक भएको छ । वितरक सुनिल मानन्धरका अनुसार फिल्मले एक हप्तामा बक्सअफिसमा २ करोड ७० लाख कलेक्सन गर्न सफल भएको छ । सुरुवाती दिनमा कमजोर ब्यापार गरेको फिल्मको ब्यापार बलियो ‘वर्ड अफ माउथ’का कारण उकालो लाग्दै गएको हो । तीजको दिनमात्र फिल्मले देशभर बाट ८० लाख कलेक्सन गरेको बताइएको छ ।

चलचित्र ‘रामकहानी’ आज बाट दोस्रो सातामा प्रवेश गरेको छ । दोश्रो सातामा पनि फिल्म हल घटबढ नभएको वितरक मानन्धरको भनाई छ । चलचित्र रामकहानीमा अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठका अलावा जितु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राई, शोभित बस्नेत, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 23 = 25