निर्मला प्रकरणमा राष्ट्रपतिले मुख खोलिन्, न्यायका लागि परिवार छट्पटाउनु दुःखद

  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छिन् । उनले भनिन्, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ”

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् हो भनिन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिन्छ भनिन् । बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उनको भनाई थियो ।

के भनेका थिए परिवारले ?

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा निर्मलाका आमाबाबु दुर्गादेवी र यज्ञराजले भनेका थिए, ‘राष्ट्रपति पनि महिला हुनुहुन्छ । उहाँले पनि सोच्नुप¥यो । उहाँ पनि आमा हुनुहुन्छ । अहिले मेरी छोरी मारिइन् । त्यो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी भइदिएको भए के हुन्थ्यो ? त्यो उहाँले सोचेर न्याय दिलाइदिनुस् ।

न्याय नपाएपछि घर कसरी फर्कनु ? दुई छोरीलाई घरमै छाडेर आएको छु । न्याय दिलाउनुस्, झुलाएर नफर्काउनुस् । न्याय दिन सक्दिन भन्नुहुन्छ भने हामीलाई पनि गोली हानेर मारिदिनुस्, हामी मर्न चाहन्छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ = 9