मनिषा कोइराला प्रति काजोलले गरिन् यति ठूलो खुलासा (भिडीयो सहित)

  • 2.1K
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

एजेन्सी , बलिउड अभिनेत्री काजोलले एउटा ठूलो खुलासा गरेकी छन् । सन् १९९८ मा प्रदर्शनमा आएको चलचित्र ‘दिल से’मा मनिषा कोइराला नभई आफु पहिलो रोजाई भएको उनले खुलासा गरेकी हुन् । बलिउडमा शाहरुख खान र काजोललाई सदाबाहार जोडीको रुपमा लिने गरिन्छ । यस्तै चलचित्र ‘दिल से’मा पनि यी दुई लाई नै पहिले अफर गरिएको थियो । चर्चित टिभी शो ‘आप कि अदालत’मा काजोलले भनिन् ,’निर्देशक मणि रतमले ‘दिल से’ मा शाहरुख र मलाई खेलाउन चाहेका थिए, तर म अरु नै फिल्मको शुटिङ्गमा ब्यस्त थिएँ’ । काजोलको शेड्युल नमिलेपछि यो रोल मनिषा कोइरालालाई अफर गरिएको हो ।

चलचित्र ‘दिल से’ बक्स अफिसमा औसत रह्यो भने यो फिल्मको कथा र यसका पात्रहरुको चर्चा भने आज पनि उत्तिकै रहेको छ । ‘छैयाँ छैयाँ’ , ‘ए अजनवी’ , ‘दिल से रे’ जस्ता सदाबहार गीत रहेको यस फिल्मको साउण्डट्रयाक आज पनि दर्शकमाझ लोकप्रिय छन् ।

काजोल र मनिषा कोइराला सन् १९९७ मा आएको ब्लकबस्टर चलचित्र ‘गुप्त’ मा एकसाथ देखिएका थिए भने पछिल्लो समय काजोल ‘हेलिकोप्टर इला’ र मनिषा ‘संजु’ मा देखिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

59 + = 67