बाँदर मार्नेलाई पुरस्कार, एउटा मारे ५ सय, समाते ७ सय

  • 486
  •  
  •  
  •  
  •  
    486
    Shares

ऐजेन्सी, २९ भदौ । बाँदर मार्नेलाई पुरस्कारको व्यबस्था भएर पनि बाँदर मार्न कोही तयार भएका छैनन् । बाँदरको आतंकले मानिसहरुलाई वाक्क दिक्क परेको मात्रै छैन बाँदरको आतंकका कारण मानिसहरुले खेती गर्न छाड्न बाध्य भएका छन् । बाँदरले यसरी आतंकित पारेपछि भारतको हिमाञ्चल प्रदेशमा बाँदर मार्नेलाई पुरस्कारको व्यबस्था समेत गरिएको छ । तर, बाँदर मार्न कोही तयार भएका छैनन् ।

बाँदरको डरकै कारण बाँदर मार्नका लागि कानुनले समेत मान्यता दिएको छ । २०१४ को कृषि विभागको एक रिपोर्टका अनुसार बाँदरकै कारण वर्षेनी १८४ करोड रुपैयाँ नोक्सान हुने गरेको छ । त्यहाँस्थित गाउँका एक किसान भन्छन्, पहिले मानिसहरु मिलिजुली खेती गथ्यौँ । जनावरबाट अन्न जोगाउन एक अर्काको सहयोग गथ्यौँ । तर अहिले खेती गर्ने तरिका बदलिएको छ । अहिले हेरचाह कम हुने गरेको छ । त्यसमाथि बाँदर जस्तोसुकै ठाउँमा गएर पनि अन्नपात सकिदिन्छ ।’ उनले भने ।

त्यहाँका किसानहरुले बाँदर मार्न अनुमति पाएका छन् । तत्कालिन वन मन्त्री ठाकुर सिंह भारमौरीले सेप्टेम्बर २०१६ मा बाँदर मार्ने किसानलाई प्रतिबाँदर ५०० का दरले पुरस्कार दिने घोषणा नै गरेका थिए । साथै नश्ल बन्द गर्न बाँदर समाउनेका लागि ७०० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

69 − 65 =