आफूलाई ‘लिटिल बुद्ध’ भन्ने रामबहादुर बम्जनले युवतीको बलात्कार गरेको सावित्री सुवेदीको आरोप, रामबहादुरलाई फाँसी दिनुपर्ने माग

  • 10.3K
  •  
  •  
  •  
  •  
    10.3K
    Shares

काठमाडौँ, २९ भदौ । लामो समयदेखि बलात्कारीलाई फाँसीको साजाय माग गर्दै विभिन्न स्वरुपमा आन्दोलन गर्दै आएकी सावित्री सुवेदीले आफूलाई ‘लिटिल बुद्ध’ भनेर प्रचार गर्दै आएका रामबहादुर बम्बजनलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बोम्जनले सिन्धुली जिल्ला कमलामाई नगरपालिकामा एक युवतीको बलात्कार गरेको भनी आरोप लगाएकी हुन् । उनले बोम्जनलाई तत्काल गिरफ्तार गरी फाँसीको सजाय मागसमेत गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘सिन्धुली जिल्ला कमलामाई नगरपालिकामा बौद्ध धर्म र दर्शनको प्रचार गर्ने र धर्म सिकाउँछु भन्ने रामबाहदुर बम्जनद्वारा युवती बलात्कार । आफू गौतमबुद्ध भएको भन्दै लुम्बिनीमा सबैलाई भ्रम पारेका बम्जनलाई तत्काल गिरफ्तार गरियोस र फाँसीमा झुण्ड्याइयोस् ।’

बम्जनद्वारा बालात्कार भएको भन्ने विषयमा बुज्न खोज्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी रामेश्वर यादवले आफूहरुलाई यसको विषयमा कुनै जानकारी नभएको र कुनै पनि पीडित अहिलेसम्म सम्पर्कमा नाआएको बताए । आफूले पनि सामाजिक सञ्जालमा मात्रै यसको विषयमा देखेकाले बुज्ने प्रयास गरिरहेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 9