यी हुन् बलिउडका कमेडीयन शिक्षक जसले आफ्नै ढंगले पढाउने र रोमान्स गर्ने गर्छन्

  • 420
  •  
  •  
  •  
  •  
    420
    Shares

एजेन्सी,२९ भदौ । बलिउडका थुप्रै फिल्महरुमा विद्यालयहरु देखाइएका छन् । कतिपय फिल्हरु शिक्षक र विद्यार्थीमा आधारित रहेर पनि निर्माण भएका छन् । कोही यस्ता फिल्महरु छन् जसले स्कुले जीवनमा गरेका उट्पट्याङ्गहरु पनि याद गराइदिन्छन् । यस्तै कोही फिल्महरु यस्ता छन् जुन निर्माण गर्न थुप्रै मेहनत गरिएको छन् । केही यस्ता फिल्महरु छन् जसको याद जीवन्त रहिरहने गर्छ । यस्तै बलिउडको एक फिल्म ‘इडियट्स’को भाइरस विद्यार्थी र शिक्षकमा आधारित फिल्म हो । जुन फिल्म अझै पनि दर्शकको मनमा बस्न सफल भएका छन् । यस्तै फिल्ममा अभिनय गरेका केही यस्ता कलाकार छन् उनीहरुको अभिनय अहिले पनि अविष्मरणीय छन् ।

अनिल कपूर (रोमान्टिक टिचर) : बलिउडमा निकै चर्चित फिल्म ‘अन्दाज’ मा रोमान्टिक टिचरको भूमिका निर्वाह गरेका अनिल कपूरको विद्यार्थी करिष्मा कपुर रहेकी थिइन् ।

आमिर खान (फ्रेण्डली टिचर) :  हानिकार बापूदेखि फ्रेण्डली टिचरको भूमिका निर्वाह गरेको आमिर खानले फिल्म ‘तारे जमिन पर’मा टिचरसँगै साथीको भूमिका निभाएका थिए ।

अमिताभ बच्चन (कोअपरेटिभ टिचर) : पर्दामा समेत हिट भएको अभिनेता अमिताभ बच्चनको फिल्म ‘आरक्षण’ मा साधारण तर क्षमतावान शिक्षकको भूमिका निर्वाह गरेर उनले निः शुल्क पढाएर चर्चामा आएका थिए ।

बोमन इरानी ( खुँखार टिचर)  : चर्चित शिक्षको रुपमा चर्चामा आएका मुन्ना भाई एमबिबिएस वा इडियट्स भूमिकामा चिनीएका छन् । फिल्मी पर्दामा उनको नाम नै बेमन टिचरको नाममा आउँने गर्छ ।

रानी मुखर्जी ( फेशन टिचर ): एउटा प्रथामिक विद्यालयमा पढाउने शिक्षिकाको रुपमा फिल्म ‘कभी अलविदा न कहना’मा अभिनय गरेकी अभिनेत्री रानी मुखर्जी कक्षाकोठामा भन्दा बढी शाहरुख खानसँग बिताउने भएकाले उनी निकै चर्चामा आएकी थिइन् । त्यस्तै भर्खरै रिलिज भएको फिल्म ‘हिच्की’ मा उनले गरेको भूमिका निकै रुचाइएको छ ।

करीना कपूर (देसी टिचर)  : फिल्मी टिचर्सको कुरा गर्दा अभिनेत्री करिना कपूरको नाम नआउने त कुरै भएन् । उनले फिल्म ‘कुर्बान’ मा दिल्ली विश्वविद्यालयकी प्रधानध्यापकको भूमिका निभाएकी थिइन् । त्यति बेला उनले गरेको यस्तो अभिनय अहिले पनि चर्चामा छ । उनको यो रोेल दर्शकहरुले निकै मन पराएकाथिए ।

सुष्मिता सेन (रोमान्टिक लेडी टिचर) : फिल्म ‘मै हूँना’ मा केमेष्ट्रि शिक्षकको भूमिका निभाएकी अभिनेत्री सुष्मिता सन सुन्दरताको कारण चर्चामा आएकी थिइन् भने उनको सुन्दरताले दर्शक मात्र नभएर शारुख खान समेत दंग भएका थिए ।

चित्रांगदा सिंह (हट टिचर): फिल्म ‘देसी ब्वाइज’ मा निकै राम्रो अभिनय गरेको चित्रांगदाको अभिनय निकै रुचाइएको छ । फिल्ममा सुपर हट माएक्रो इकोनोमिक्स प्रोफेसरको भूमिका निभाएकी छन् । कक्षाकोठामा पसेकी चित्रांगना को ग्लामर देखेर विद्यार्थीको ध्यान पढाइमा भन्दा पनि बढी उनलाई देखेर चकित भएको देखिएको थियो ।

पूनम पाण्डेय (ग्लामरस टिचर) : ग्लामर अभिनेत्रीको रुपमा चिनिएकी अभिनेत्री पूनम पाण्डेले फिल्म ‘नशा’ मा शिक्षिकाको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनको ग्लामर देखेर फिदा भएका छन् ।

काजल अग्रवाल (सोझी टिचर) : काजोलले फिल्म ‘स्पेशल २६’ मा एक शिक्षिको भूमिका निभाएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =