Exclusive: ‘ए मेरो हजुर ३’ मा जोडिए सलोन बस्नेत

  • 169
  •  
  •  
  •  
  •  
    169
    Shares

काठमाडौँ, गत वर्षको सुपरहिट फिल्म हो ‘ए मेरो हजुर २’ । यो फिल्ममा सलोन बस्नेतको कामको चौतर्फी तारिफ भएको थियो । कतिले त फिल्मका लिड नायक सलिनमान बनिया लाई नै उनले छाँयामा पारिदिएको टिप्पणी गरेका थिए । अब अर्को खबर आएको छ की यसको तेस्रो सिक्वेल ‘ए मेरो हजुर ३’ मा पनि सलोन बस्नेत जोडिने भएका छन् । यो खबरले उनका फ्यान अवश्य पनि खुसी भएका छन् । अघिल्लो सिरिजमा दर्शकलाई सलोनले हँसाउन सफल भएका थिए । अब यसमा अभिनेता अनमोल केसीको अघि उनको कामको तारिफ कतिको हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

असोज पहिलो सातबाट शुटिङ्ग सुरु हुने चलचित्र ‘ए मेरो हजुर ३’को रिलिज डेट समेत कन्फर्म गरिएको छ । यो फिल्म अब आउने चैत्र २९ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । एउटा गायक र उसको फ्यानबीचको प्रेम कहानी बोल्ने ‘ए मेरो हजुर ३’ मा अनमोलको अपोजिटमा झरना पुत्री सुहाना थापा रहनेछिन् । उनको यो पहिलो चलचित्र रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

83 − 77 =