अभिनेता भुवन केसीको आज जन्मदिन, लागे ६४ वर्ष

  • 796
  •  
  •  
  •  
  •  
    796
    Shares

चर्चित निर्माता तथा अभिनेता भुवन केसीको आजबाट ६४ वर्षमा लागेका छन् । नेपाली फिल्ममा लामो समय बिताएका भुवन केसीले चर्चा र बिबाद दुवै कमाएका छन् । सन् १९८२ मा चलचित्र ‘जुनी’ बाट उनले आफ्नो फिल्मि करिअर सुरू गरेका हुन् । उनले ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘करोडपति’, ‘म तिमी बिना मरिहाल्छु’ लगायत सैयौं फिल्ममा काम गरेका छन् । केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्दै आइरहेका छन् । ड्रिम्स’ मार्फत त उनी निर्देशकसमेत भएका छन् ।


अनमोललाई लिएर उनले बनाएको पछिल्लो चलचित्र ‘क्याप्टेन’ हो । लामो समय देखि नायिका जिया केसीसंग बस्दै आएका भुवन केसीकी पुर्व पत्नी सुष्मिता केसीले पनि केहि दिन अघि मात्र एक ब्यापारीसंग इन्गेजमेन्ट गरेकी थिइन् । सदाबहार नायक भुवन केसीलाई जन्मदिनको शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =