‘मोटु र पत्लु’ जस्तै मिलेको दीपा र प्रियंकाको जोडी, ‘दुब्ली पिन्कु’ भन्दै जुरुक्क उचालिन् दीपाले

  • 413
  •  
  •  
  •  
  •  
    413
    Shares

काठमाडौँ,अहिलेका ब्यस्त सेलिब्रिटिज हुन् प्रियंका कार्की र दीपा श्री निरौला । एक पछि अर्को फिल्ममा व्यस्त रहेका उनीहरुको पछिल्लो चलचित्र ‘छक्का पन्जा ३’ रिलिजको तयारीमा छ । जसकी निर्देशक हुन् दीपा श्री निरौला । अहिले यी दुईको फन्नी तस्बिर बाहिरिएको छ । तस्विरमा दीपाले प्रियंका जुरुक्क उचालेकी छन् । यी दुई बीचको प्रेम झल्किने तस्विर अरु कसैले नभएर दीपा स्वयम्ले आफ्नो फेसबुकमा पोस्ट गरेकी हुन् । यति मात्र हैन उनले क्याप्सन पनि फन्नी लेखेकी छन् । उनी लेख्छिन,’ कति सम्म दुबली पिंकु मैले त जुरुक्कै …’ ।


दीपा र प्रियंका नेपाली फिल्म क्षेत्रका मिल्ने साथीको रुपमा चिनिन्छन् । दीपाको निर्देशन र प्रियंकाको अभिनय रहेको फिल्म ‘छक्का पन्जा ३’ दशैंमा रिलिज हुने तयारीमा छ । चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् । गीतले राम्रो प्रतिक्रिया पाईरहदा फिल्मको ट्रेलर भने एक हप्तामा रिलिज गरीने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

37 − 28 =