बलात्कारपछि हत्या भएको ५४औं दिनमा प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटे निर्मलाका आमाबाबुलाई

  • 340
  •  
  •  
  •  
  •  
    340
    Shares

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका आमाबाबुलाई भेटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई भेट्दै हत्यारालाई कुनै पनि हालतमा नछाड्ने बताए ।

उनले दोषी जोकोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले चासोपूर्वक निर्मला हत्याको घटना र परिवारका सदस्यले राखेका कुरा सुनेका थिए ।

आफ्नो छोरी गुमाउनुपर्दाको पीडा र दोषी पत्ता नलागेको विषयमा कुराकानी राख्दा निर्मलाका आमाबाबु निकै भावुक बनेका थिए । उनीहरूको घाँटी पटकपटक अवरुद्ध बनेको थियो ।

सुरुमा निर्मलाका बाबुआमाले छोरीको न्यायका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । उनीहरूको कुरा सुनेपछि भावुक देखिएका प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

दोषी पत्ता लगाउन प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्रीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनेका थिए । भेटमा खानेपानीमन्त्री विना मगर, नेकपाका नेता भीम रावललगायत मानवअधिकारकर्मीको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 27 = 33