मुखै रसाउने पिरो छोयला घरैमा यसरी बनाउनुहोस् , बनाउने विधि (भिडियो सहित)

  • 4.7K
  •  
  •  
  •  
  •  
    4.7K
    Shares

काठमाडौँ,४ असोज । नेवारी समुदायको मुख्य परिकारको रुपमा रहेको छोयला नेपालको प्रख्यात परिकार मध्येको एक हो । विशेषत काठमाडौँका चर्तित रेस्टुरेन्टहरुमा छोयला मुख्य परिकार रहेको हुन्छ । छोयला धेरैको जिब्रोको स्वाद बनेको छ । छुट्टाछुट्टै मासुको छुट्टाछुट्टै स्वाद लिएर छोयला बनाउन सकिन्छ । जस्तै चिकेन बफ, हाँस, मटन लगायबाट छोयला बनाउन सकिन्छ । गर्मीको समयमा बढी व्यापार हुने छोयला निकै मिठो हुने गर्छ । त्यसैले आज हामी तपाईहरुलाई छोयला कसरी बनाउने भन्ने बारे जानकाी दिन गइरहेका छौँ । जबकी तपाइहरुले आफुलाई खान मन लागेको बेलामा आफ्नै घरमा सजिलै तरिकाले बनाएर खान सक्नुहुनेछ ।

छोयला बनाउनको लागि आवश्यक सामाग्रहरु : तपाईलाई मनपर्ने मासुमध्ये बफ, मटन चिकेन एक किलो ल्याउनुहोस्. बोसो नभएको र मन पर्छ भने छाला राख्दा हुन्छ , ५० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिनेको, ५० ग्राम लसुनर अदुवाको पेष्ट, १/१ चम्चा जिरा धनियाँको धुलो, भुटेर पिधेको आधा आधा चम्चा मरिच, टिमुरको धुलो, नुन बेसार इच्छानुसार र मुठा हरियो लसुन, तोरीको तेल ५० ग्राम ।

बनाउने विधि  : मासु सफा गरेर चेप्टो लामो पीस गर्नु र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनु । अब गोल कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी मासुलाई राम्रोसँग पोल्नु र पोलेको मासुमा सबै मसलाहरू राखी मोल्नु । यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ। पोल्नको सट्टा उसिनेर पनि गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ = 2