पत्याउनु हुन्छ ? घुस दिनेले तिरे ८५ करोड डलर जरिवाना

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौंः घुस दिएर काम गर्नुलाई नेपालमा सामान्य मानिन्छ । तर घुस दिनु तथा लिनु दुवै गैरकानुनी कार्य हो । घुस दिएको आरोमा एक कम्पनीलाई ८५ करोड अमेरिकी डलर जरिवाना गरिएको छ ।

अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।

अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले जनाएको छ ।

पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो संख्यामा राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो ।

पेट्रोबाजका उच्च तहका अधिकारी तथा सञ्चालक समिति सदस्यले करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको न्यायिक विभागद्वारा जारी वक्तव्यमा उल्लेख छ । जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =