झारनाशक विषादी प्रयोगगर्दा जैविकविविधता कसरी बचाउने ?

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

-नवीन भण्डारी,  कृषि तथा वन विज्ञान विश्वविद्यालय,  कृषि संकाय, सातौं सत्रान्त
नेपालमा कीटनाशक र ढुसिनासक विषादीको तुलनामा झारनाशक बिषादीको प्रयोग कम भएपनि पछिल्ला वर्षमा झारनाशक विषादीको प्रयोग खेतबारीमा झार मार्नमा बढ्दो छ। विश्वमा खपत हुने सम्पुर्ण रासायनिक विषादीको ४७% हिस्सा झारनाशक विषादीले ओगटेको छ। World research institute को अनुसार दक्षिणएशियामै नेपालमा औसतरुपमा कम मात्रामा रासायनिक विषादी प्रयोग गर्ने गरिएको छ(नेपाल – ०.१४२, भारत – ०.३८, चीन – २.५ केजी ए आई प्रति हेक्टर)। झार मार्नमा प्रयोग हुने विषादीको इतिहास भने कृषिसँग नभई युद्धसँग जोडिएको छ दोश्रो विश्वयुद्धकालिन समयबाट अत्याधिक खोज गरेर पत्ता लगाइएका रसायनबाट अमेरिकाले भियतनाम युद्धमा सन् १९६२ देखि १९७१ को समयमा ३१ लाख हेक्टर जंगलमा हवाईजहाजबाट विरुवाको पात खसाल्ने ‘एजेन्ट अरेन्ज’ नामक विषादी छर्केर सम्पूर्ण जंगलने सखाप पारेको थियो तर पछि आएर झारनाशक विषादी कृषिक्षेत्रमा प्रयोग गर्दा झार व्यवस्थापनमा अत्याधिक सजिलो हुने भएकाले कृषिक्षेत्रमा यसको प्रयोग वर्षेनी बढ्दो छ।

नेपालको कृषिमा व्यापारघाटा वर्षेनी बढिरहेको अवस्थामा झारनाशक बिषादीको प्रयोग नगर्ने कुरालाई पनि स्वीकार्न सकिँदैन। जलवायु परिवर्तनसँगै कृषिक्षेत्रमा बाली र झारको प्रतिस्पर्धा बढ्ने हुनाले त्यसलाई कम गर्न झारनाशक विषादीले सहयोग पुर्याउँछ। खेतबाट झार हटाई उत्पादनमा उल्लेख्य रुपमा वृद्धि गर्ने भएतापनि झारनाशक बिषादीको नकारात्मक असरलाई भुल्न पनि सकिँदैन। खेतको झार मात्र नमारी अन्य ठाउँका उपयोगी बिरुवाहरूलाई पनि मार्ने हुँदा जैविक विविधतामा असर पुर्याउँछ। हावा र पानीको माध्यमबाट खेतमा प्रयोग गरिएको विषादी अन्य क्षेत्रमा पुग्नाले त्यस ठाउँको वनस्पतिमा अत्याधिक नकारात्मक असर पुग्दछ। हामीले खेतबारीमा प्रयोग गरिएको झारनाशक विषादी पानीले बगाएर ताल तथा पोखरीमा पुगेमा त्यहाँका वनस्पतिलाई मारी जलचरको आहारामा कमी आउनुका साथै पारिस्थितिक पद्धतिमा नकारात्मक असर पर्दछ। हावाले उडाइ चरन क्षेत्रमा पुर्याएमा त्यहाँका वनस्पति मासिएर कुरूप देखिन्छ। कुनै सिजनमा अत्याधिक मात्रामा विषादी प्रयोग गरिएमा अर्को सिजनको बालीको उत्पादनमा समेत कमी आउछ।
बजारमा धेरैथरीका झारनाशक विषादी उपलब्ध भएपनि तिनलाई मुख्य दुईभागमा वर्गीकरण गरिन्छ selective र nonselective। जैविक विविधतालाई कम असर पार्ने selective herbicide लाई लिइन्छ, जसले लम्बापाते या चौडापाते झारलाई मात्र मार्दछ। यसअन्तर्गत २, ४-डि नामक विषादी पर्दछ जुन एकदलीय बाली जस्तै मकैको खेतमा प्रयोग गर्दा चौडापाते वनस्पतिलाई मात्र मार्दछ। Nonselective अन्तर्गत glyphosate, paraquat नामक विषादीहरु पर्दछन् जसले सबै वनस्पतिलाई मार्दछ। झारलाई मात्र नभई बिरुवामा छरकेमा बिरुवालाई पनि मार्दछ। खेतबारीमा वैज्ञानिक तरिकाले सिफारिस गरिएको मात्राअनुसार selective herbicide प्रयोग गरेमा वातावरणीय क्षति न्यूनीकरण गरी उत्पादन बढाउन सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 30