कमलाकी आमा रुँदै भन्छिन्,’छोरीलाई काठमाडौँ आउ भन्दापनि गाइको गोठ छोड्न मानिनन्’ (भिडियो सहित)

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

माधव पाण्डे, काठमाडौँ
अहिले पाल्पा मदनपोखराकी एक महिला किसान कमला रिजाल चर्चामा छिन् । ६५ गाई पाल्दै उदाहरणीय काम गरेपछी उनको सर्वत्र तारिफ भैरहेको छ । यता काठमाडौँ र अमेरिकामा रहेका माईती पनि छोरीको काम देखेर दङ्ग छन् । तर पनि चाड पर्व आउँदा छोरीको सारै याद आउँछ बुवा आमालाई । छोरीको भिडियो मिडिया एनपी टिभिको युट्युब च्यानलमा हेरेपछी उनकी आमा लक्ष्मी भट्टराइले आसुँ रोक्न सकिनन् ।

उनले रुँदै भनिन् ,’छोरी सानै देखि मेहनती थिइन्, अमेरिकाबाट दाजुले भिजा पठाउँदा पनि जना मानिनन् नत काठमाडौँ नै आउन मान्छिन् ‘ । यता बुवा डिलाराम भट्टराइ पनि छोरीलाई नजिकै ल्याएर राख्न चाहान्छन् तर छोरीले नै नमानेपछि उनि छोरीको मेहनतमै खुसि हुन थालेका छन् । आफ्नो छोरी धेरैको प्रेरणा बनेको देख्दा उनका माइती परिवार दङ्ग छन् ।

हेर्नुहोस छोरीको भिडियो हेरेर के के भने त माइतीले :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − = 81