किन राष्ट्रिय टिमबाट अलग भए ब्राजिलका मार्सेलो ?

  • 118
  •  
  •  
  •  
  •  
    118
    Shares

काठमाडौंः स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलो ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । चोटका कारण रियलबाट दुई खेल गुमाएका उननले अर्को साता हुने अन्तर्रारिष्ट्रय मैत्रीपूर्ण खेल समेत गुमाउने भएका हुन् ।

साउदी अरेबिया र अर्जेन्टिना विरुद्धको खेलमा मार्सेलो चोटका कारण उपलव्ध नहुने बताइएको छ ।

मार्सेलोले रियलकाबाट एटलेटिको मड्रिड र सीएसकेए मस्कोविरुद्ध को खेल समेत गुमाएका थिए । उनको खुट्टाको चोटले गर्दा टोलीमा समावेश हुन नसकेको ब्राजिलियन फुटबल महासंघले जनाएको छ ।

ब्राजिलले अक्टोबर १२ मा साउदी अरेबियाको र त्यसको ४ दिन पछि अर्जेन्टिनासँग खेल्दैछ ।

प्रशिक्षक टिटेले यस पटक मैत्रीपूर्ण खेलका लागि डिफेन्डर थियागो सिल्भा, विंगर डग्लस कोस्टा र विलियनलाई टोलीमा समावेश गरेका छैनन् । बार्सिलोनाका युवा विंगर माल्कम भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले डेब्यु गर्ने सम्भावना छ ।

रुसमा भएको विश्वकपमा क्वाटरफाइनलमा रोकिएको टोली अहिले युवा खेलाडी समेटेर अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + = 17