दसैंका लागि आजदेखि नयाँ नोट साटिँदै, यी स्थानमा साट्न सकिन्छ नयाँ नोट

  • 413
  •  
  •  
  •  
  •  
    413
    Shares

काठमाडौं, २१ असोज । दसैंका लागि नेपाल राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकले राजधानीमा करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने जानकारी दिएको छ ।

सर्वसाधरणले प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबरको नोट साट्न सक्नेछन् । बैंकका अनुसार नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका विभिन्न १६ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बैंककाअनुसार दशैंमा नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल शाखा, गौशाला कृषि विकास बैंकको कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट सटहीको व्यवस्था बैंकले मिलाइएको राष्ट्र बैंकले मिलाएको छ ।

ती स्थानहरुबाट प्रतिव्यक्ती २० हजार रुपैयाँसम्म सट्न सकिने जनाइएको छ । राजधानीबाहिरका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 6