प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती नियुक्त

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन् । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए ।

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिसमा उनीहरुको नियुक्ति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुको आजै शपथग्रहण हुने जानकारी दिए । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीनवटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 − = 30