‘को बन्छ करोडपती’का होस्ट राजेश हमालले कती लिए त पारिश्रमिक ?

  • 383
  •  
  •  
  •  
  •  
    383
    Shares

‘काठमाडौँ, अन्तर्राष्ट्रिय फ्रेन्चाइज टेलिभिजन शोे ‘कौन बनेगा करोडपति’को नेपाली वर्जन ‘को बन्छ करोडपति’ अब छिट्टै प्रसारण हुने भएको छ । एचआरबीएन मिडिया र एपीवान एचडी टेलिभिजनको सहकार्यमा सञ्चालन हुने कार्यक्रम नोभेम्बर महिनाको अन्तिम साताबाट सुरु हुनेछ । कार्यक्रमको सञ्चालन नायक राजेश हमालले गर्नेछन् । यतिबेला धेरैको मनमा यहि चलिरहेको छ की महानायक राजेश हमालले शो होस्ट गर्नका लागी आखिर कति पारिश्रमिक लिए त ?

केहि दिन अघि राजधानीमा शोको टाइटल स्पोन्सर सार्वजनिक गर्नका लागी आयोजित एक कार्यक्रममा नायक हमालमाथी पत्रकारले यहि प्रश्न तेर्साए । घुमाउरो शैलीमा जवाफ दिंदै उनले भने ,’मैले कती पारिश्रमिक लिए यो ठुलो कुरा होइन । अहिले पारिश्रमिक भन्दा पनि शो लाई कसरी सफल बनाउने भन्ने तिर हामी केन्द्रित छौं ।’ पछिल्लो समय नायक हमाल फिल्म भन्दा पनि अन्य कार्यक्रममैं व्यस्त हुन थालेका छन् । ‘को बन्छ करोडपति’ प्रतिस्पर्धामा जान चाहने इच्छुकले गुगल प्ले स्टोरमा गएर केबीसी नेपाल एप डाउनलोड गरेर सहभागी हुन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 − = 36