भरपुर कमेडीले भरिएर आयो ‘चंगा चेट’ को ट्रेलर (भिडियो सहित)

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौँ, चलचित्र चंगा चेटको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कमेडीले भरपुर ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर आकर्षक देखिन्छ । ट्रेलरमा फिल्मका लिड कलाकार पैसाको वरिपरि घुमेको देख्न सकिन्छ । ट्रेलरमा फिल्मका लिड कलाकार आयुष्मान देशराज जोशी, पारमिता आरएल , सन्दीप क्षेत्री, सुरक्षा पन्त, रबिन्द्र झा, प्रियंका कार्की लगायतका कलाकारलाई देख्न सकिन्छ ।

कार्तिक १६ देखि प्रदर्शनमा आउने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत छ । फिल्ममा निरक कँडेलको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।

‘गोजीमा दाम छैन’ बोलको गीत हिट भइसकेको फिल्म ‘चंगा चेट’ मा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 − 83 =