‘खसिनी’ भिडियोबाट भाइरल भएकी आशिका भन्छिन् ‘मैले प्रोटिनको लागी मात्र मासु खान्छु’

  • 741
  •  
  •  
  •  
  •  
    741
    Shares

एजेन्सी, ‘सुश्री’ की अभिनेत्री आशिका तामांग अहिले सामाजिक संजालमा भाइरल भैरहेकी छन् । करिब २ मिनेटको ‘खसिनी भिडियो’ आफ्नो फेसबुकबाट सार्वजनिक भएपछी उनले चर्चा र बिबादमात्र हैन उनको फेसबुकमा समेत फलोअर्स बढेका छन् । उनले उक्त भिडियो पोस्ट गरेपछि धेरैले उनलाई नाटक गरेको भन्न थालेपछि उनि जवाफ फर्काउन बाध्य भएकी छन् । एक अनलाइनसंग कुरा गर्दै उनले आफु भाइरल हुन यो सब नगरेको बताएकी हुन् । ‘होला, मेरो बोल्ने ढंग अलिकति मिलेन होला,’ आशिकाले भनिन्, ‘तर, मैले जे बोलेकी छु, मनदेखि बोलेकी हुँ, मेरो आँशु नक्कली होइन, भावुकतावस खसेको हो ।’


यस्तै आफुँले मासु खाएको तस्बिरबारे पनि उनले बोलिन् । उनका अनुसार उनले हेभी एक्सर्साइज गरिरहेकाले प्रोटिनका लागी मात्र मासु खाने गरेको बताइन् । साथै उनले छिट्टै मासु खान छोड्ने योजना समेत सुनाइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 ÷ = 2