फुलह्याममाथि आर्सनल ५–१ ले विजयी

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौंः इंग्लिस प्रिमियर लिगमा आर्सनलले शानदार जित दर्ता गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले फुलह्यामलाई ५–१ ले हराएको हो ।

फुलह्यामको मैदानमा भएको खेलमा शानदार जित निकाल्ने क्रममा आर्सनलका लागि अलेक्जेन्द्रे लाकाजेटी र पिएरे एमरिक अबामेयाङ्ले दुई–दुई गोल गरे । २९ औं मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४४ औं मिनेटमा एन्द्रे सर्लेले फुलह्यामका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफमा आर्सनलले चार गोल गर्‍यो । ४९औं मिनेटमा लाकाजेटीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए । ६७औं मिनेटमा अबामेयाङ्को पासमा एरोन राम्सेले गोल गरेपछि आर्सनलले अग्रता ३–१ मा लम्ब्यायो ।

७९ औं मिनेटमा अबामेयाङ्ले गोल गरेपछि आर्सनलले ४–१ को अग्रता लियो । इन्ज्युरी समयमा अबामेयाङ्ले पनि व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ५–१ को फराकिलो जित निकाल्यो । जितसँगै आर्सनलले प्रिमियर लिग तालिकामा ८ खेलबाट १८ अंक बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 3